काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले बीमितहरुका लागि आर्थिक वर्ष २०७९/८० को लागि नयाँ बोनसदर घोषणा गरेको हो ।
कम्पनीले आव २०७९/८० को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले न्यूनतम प्रतिवर्ष प्रति हजार २० रुपैयाँदेखि अधिकतम ९० रूपैयाँसम्म बोनस पाउनेछन् ।
१. सावधिकः सूर्यज्योति सुरक्षित बचत जीवन बीमा योजना–०१, सूर्यज्योति सुनौलो भविष्य बाल जीवन बीमा योजना–०५, सूर्यज्योति एकल तथा सीमित अवधि भुक्तानी (विकल्प १) योजना–०६ र सूर्यज्योति एकल तथा सीमित अवधि भुक्तानी (विकल्प २) योजना–०७
कम्पनीले यस योजना अन्तर्गत न्यूनतम ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दिने भएको छ। यस बीमा योजनमा ० देखि ९ वर्ष अवधिका लागि प्रतिहजार ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ बोनस दिने घोषणा गरेको छ। यस बीमा योजनअन्तर्गत सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको योजना खरिद भएको छ। यस अवधिको ४२ हजार २९ वटा बीमालेख खरिद भएका छन्। यस अवधिमा बीमितले प्रतिहजार ५० रुपैयाँ बोनस पाउनेछन्।
२. सावधिकः सूर्यज्योति संरक्षित सावधिक जीवन बीमा योजना–५१, सूर्यज्योति सीमित अवधि भुक्तानी जीवन बीमा योजना–५३, सूर्यज्योति संरक्षित बाल जीवन बीमा योजना–७१, सूर्यज्योति सामूहिक सावधिक जीवन बीमा योजना–९१, सूर्यज्योति सावधिक जीवन बीमा योजना–१५१ र सूर्यज्योति सावधिक लघु जीवन बीमालेख–१८१
कम्पनीले यस योजनामा न्यूनतम प्रतिहजार ४० रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दिने भएको छ। यस बीमा योजनामा ० देखि ९ वर्ष अवधिका लागि प्रतिहजार ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार ४१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५४ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिका लागि प्रतिहजार ६० रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७० रुपैयाँ बोनस दिने घोषणा गरेको छ। यस बीमा योजनअन्तर्गत सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको योजना खरिद भएको छ। यस अवधिको १ लाख ८ हजार ५४७ वटा बीमालेख खरिद भएका हुन्। यस अवधिमा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनस पाउनेछन्।
३. सावधिक तथा आजीवनः सूर्यज्योति सुरक्षित भविष्य जीवन बीमा योजना–०३
कम्पनीले यस योजनामा प्रतिहजार ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दिने भएको छ। यस बीमा योजनामा ० देखि ९ वर्ष अवधिका लागि ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ र ३० देखि माथि अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ बोनस दिने घोषणा गरेको छ। यस बीमा योजनअन्तर्गत सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको योजना खरिद भएको छ। यस अवधिको ६ हजार २२४ वटा बीमालेख खरिद भएका हुन्। यस अवधिमामा बीमितले प्रतिहजार ५० रुपैयाँ बोनस पाउनेछन्।
४. सावधिक तथा आजीवनः सूर्यज्योति सुदर्शन सावधिक तथा आजीवन बीमा–५२
कम्पनीले यस योजनामा ० देखि ९ वर्ष अवधिका लागि प्रतिहजार ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४६ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिका लागि ५६ रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिका लागि ६० रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि ७० रुपैयाँ बोनस दिने भएको छ। यस बीमा योजनअन्तर्गत सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको योजना खरिद भएको छ। यस अवधिको ९ हजार ३४८ वटा बीमालेख खरिद भएका हुन्। यस अवधिमामा बीमितले प्रतिहजार ४६ रुपैयाँ बोनस पाउनेछन्।
५. अग्रिम भुक्तानी सावधिकः सूर्यज्योति धन लाभ जीवन बीमा योजना–०२ र सूर्यज्योति थ्री ट्वेन्टी धन बहार जीवन बीमा योजना–०९
कम्पनीले यस योजनामा १० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार ४३ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिका लागि प्रतिहजार ४५ रुपैयाँ र २० वर्षदेखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५० रुपैयाँ बोनसदर घोषणा गरेको छ। यस बीमा योजनअन्तर्गत सबैभन्दा धेरै २० वर्षदेखि २४ वर्ष अवधिको योजना खरिद भएको छ। यस अवधिको ३ हजार ७३८ वटा बीमालेख खरिद भएका हुन्। यस अवधिमामा बीमितले प्रतिहजार ५० रुपैयाँ बोनस पाउनेछन्।
६ .अग्रिम भुक्तानी सावधिकः सूर्यज्योति आसाधन अग्रिम भुक्तानी जीवन बीमा योजना–६१/६२, सूर्यज्योति धनवृद्धि जीवन बीमा योजना (अग्रिम भुक्तानी)–६३/६४/६५, सूर्यज्योति सजिलो (वार्षिक) भुक्तानी जीवन बीमा योजना–३६ र सूर्यज्योति अग्रिम भुक्तानी बाल जीवन बीमा योजना–७३
कम्पनीले यस बीमालेखमा १० वर्षदेखि १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार ४२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ४२ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५२ रुपैयाँ र २५ वर्षदेखि २९ वर्ष अवधिका लागि ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ। यस बीमा योजनाअन्तर्गत सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको योजना खरिद भएको छ। यस अवधिको ११ हजार ७९९ वटा बीमालेख खरिद भएका हुन्। यस अवधिमामा बीमितले प्रतिहजार ४२ रुपैयाँ बोनस पाउनेछन्।
७ .चौरासी पूजा अग्रिम भुक्तानी (नियमित) : सूर्यज्योति चौरासी पूजा जीवन बीमा योजना–८४
कम्पनीले यस योजनामा १० वर्षदेखि १४ वर्ष अवधिका लागि प्रतिहजार ४५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिका लागि प्रतिहजार ५० रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिका लागि प्रतिहजार ६५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७० रुपैयाँ बोनदर दिने घोषणा गरेको छ। यस बीमा योजनाअन्तर्गत सबैभन्दा धेरै १५ वर्ष देखि १९ वर्ष अवधिको योजना खरिद भएको छ। यस अवधिको १ हजार ४०९ वटा बीमालेख खरिद भएका हुन्। यस अवधिमा बीमितले प्रतिहजार ५० रुपैयाँ बोनस पाउनेछन्।
८. चौरासी पूजा अग्रिम भुक्तानी (एकल) : सूर्यज्योति चौरासी पूजा जीवन बीमा योजना–८४
कम्पनीले यस बमिा योजनामा १० वर्षदेखि १४ वर्ष अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिका लागि प्रतिहजार ८० रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिका लागि प्रतिहजार ८५ रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिका लागि प्रतिहजार ९० रुपैयाँ र ३० वर्ष वा सोभन्दा बढी अवधिका लागि प्रतिहजार ९० रुपैयाँ बोनदर दिने घोषणा गरेको छ। यस बीमा योजनाअन्तर्गत सबैभन्दा धेरै १५ वर्षदेखि १९ वर्ष अवधिको योजना खरिद भएको छ। यस अवधिको १२४ वटा बीमालेख खरिद भएका हुन्। यस अवधिमा बीमितले प्रतिहजार ८० रुपैयाँ बोनस पाउनेछन्।
९. इजी पे अग्रिम भुक्तानीः सूर्यज्योति इजी पे जीवन बीमा योजना–५१
कम्पनीले यस योजनामा १० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार २५ रुपैयाँ र २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ३० रुपैयाँ बोनदर दिने घोषणा गरेको छ। यस बीमा योजनाअन्तर्गत सबैभन्दा धेरै २० देखि २४ वर्ष अवधिको योजना खरिद भएको छ। यस अवधिको १ हजार ५६७ वटा बीमालेख खरिद भएका हुन्। यस अवधिमा बीमितले प्रतिहजार ३० रुपैयाँ बोनस पाउनेछन्।