सशस्त्र प्रहरी बलका डीएसपी मृत अवस्थामा फेला

काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत भेटिएका छन् । मोरङ धनपालथान गाउँपालिका-३ सशस्त्र प्रहरी बलका प्रमुख डीएसपी उपेन्द्र बस्याल मृत भेटिएका हुन् ।

बस्याल कार्यालय परिसरमा रहेको क्वार्टरमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

उनलाई प्रहरीले सोमबार दिउँसो साढे ३ बजे मृत झुन्डिएको अवस्थामा फेला पारेको थियो ।

प्रहरीले मृत्युको कारण भने खुलि नसकेको जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स