मन्त्रीमण्डल पुर्नगठन गर्न अहिले बालुवाटारमा बैठक बस्दै

काठमाडौं । मन्त्रीमण्डल पुर्नगठन गर्न आज सोमबार बिहान सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्न लागेको हो । बैठकमा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी हुनेछन् ।

सत्ता गठबन्धनमा रहेका दलबीच समसामयिक परिस्थितिमा छलफल गर्न बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । बैठकमा मन्त्री हेरफेर, राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयकलगायत विषयमा सत्तारुढ दलहरूबीच छलफल भइरहेको छ ।

आजैको बैठकले मन्त्री समेत हेरफेर गर्ने भएकोले कसलाई कुन मन्त्रालयले दिने भन्ने विषयमा छलफल हुने भएको छ । सरकार दर्जन मन्त्री हेरफेर गर्ने तयारीमा छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स