ढुकुटीको लाहाछाप तोडेको आरोपमा राष्ट्र बैंकको धनगढी कार्यालय प्रमुख विनोद लेखकमाथि छानविन सुरु

काठमाडौं । राष्ट्र बैंकको पैसा राख्ने ढुकुटीमा लगाएको लाहाछाप तोडिएपछि धनगढी शाखा कार्यालयका प्रमुख निर्देशक विनोद लेखक छानविन सुरु भएको छ । नेपाल राष्ट्र बैंकको धनगढी कार्यालयमा ढुकुटीको सिल तोडेको आशंकामा निर्देशक लेखकमाथि छानबिन सुरु भएको हो । राष्ट्र बैंक व्यवस्थापनले लेखकलाई बालुवाटारस्थित केन्द्रीय कार्यालयमा तानेर उनीमाथि छानबिन अघि बढाएको राष्ट्र बैंकले बताएको छ ।

गत माघको अन्तिम सातातिर घटेको घटनामा केन्द्रीय बैंकको पैसा राख्ने मुख्य ढुकुटीमा लगाइएको लाहाछाप (सिल) तोडिएको अवस्थामा भेटिएपछि ढुकुटीको सिल लाहाछाप तोडेको आशंकामा छानविनको प्रकृया अघि बढाउँदै धनगढी शाखा प्रमुख लेखकलाई केन्द्रीय कार्यालय तानिएको छ । अहिले उनलाई राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागमा अतिरिक्तमा राखिएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

नेपाली सेनाको नियन्त्रणमा हुने उक्त ढुकुटीमा लगाइएको लाहाछाप तोडिए पनि रकम झिकिएको नझिकिएको विषयमा समेत बैंकले छानविन गर्ने भएको छ । कार्यालय प्रमुख, मुख्य क्यासिएर र अर्का एक जना गरी तीन जनाले सनाखत गरी हरेक दिन अपरान्ह बैंक बन्द भएपछि लाहाछाप लगाउने र भोलिपल्ट बिहान ९ बजे तीन जनाको रोहवरमा खोल्ने गरिन्छ । ढुकुटीमा ताला लगाएर सिल मारेपछि त्यसको साँच्चो तीन जनासँग हुन्छ ।

राष्ट्र बैंकलाई दिएको जानकारी अनुसार लाहाछापमाथि लगाएको धागो अलिकतिमात्रै तानिएको हो । अन्य त्यस्तो केहि नभएको पनि राष्ट्र बैंक उच्च स्रोतले जानकारी दिएको छ । गत माघमा सो क्रम भंग भएपछि राष्ट्र बैंकका साथै नेपाली सेनाले समेत यसको रिपोटिङ गरिरहेको छ ।

धनगढी कार्यालयको ढुकुटीको सिल तोडेको सूचना आए लगत्तै राष्ट्र बैंकको विशेष टोलीबाट ठाएर छानबिन सुरु गरिएको थियो । सो क्रममा धनगढीस्थित कार्यालयका प्रमुख नै उक्त घटनामा मुख्य जिम्मेवार रहेको निष्कर्ष निकालिएको छ ।

अब उनलाई गरिने कारवाहीबारे छलफल भइरहेको छ । उक्त टोलीको प्रारम्भिक अनुसन्धानले प्रमुख लेखकले बैंकको ढुकुटीको ढोकाको सिल तोडेको पाइएको प्रतिवेदन तयार पारेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स