निक्षेप तथा कर्जा सुरक्षण कोष र चन्द्रागिरि नगरपालिकाबीच बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाको सुरक्षण गर्ने समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष, टंगाल, काठमाडौं र चन्द्रागिरि नगरपालिका कार्यालय, बलम्बु, काठमाडौंबीच बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाको सुरक्षण गर्ने समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

आज फागुन १७ गते बिहीबारका दिन चन्द्रागिरि नगरपालिकाको उत्पादन, रोजगारी तथा व्यवसाय प्रवर्द्धन गर्न वित्तीय संस्थाहरुको समन्वयमा दिइने विशेष ब्याज अनुदान कार्यविधि, २०७९ बमोजिम दुई संस्थाबीच उक्त समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

समझदारीपत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले हस्ताक्षर गरेका थिए । समझदारीमा हस्ताक्षर कार्यक्रममा नगर प्रमुख घनश्याम गिरी लगायत नगरपालिका र कोषका अन्य पदाधिकारीहरु सहित पत्रकारहरुको उपस्थिति रहेको थियो ।

यस समझदारी पत्रमा हस्ताक्षर भएसँगै नगरपालिकाको उत्पादन, रोजगारी तथा व्यवसाय प्रवर्द्धन गर्न वित्तीय संस्थाहरुको समन्वयमा दिइने विशेष व्याज अनुदान कार्यविधि, २०७९ को व्यवस्था बमोजिम वित्तीय संस्थाले नगरपालिकाभित्र उत्पादन, रोजगारी तथा व्यवसाय प्रवर्द्धनका लागि विभिन्न उद्यममा प्रवाह गरेको कर्जाको सुरक्षण कर्जा सुरक्षण नियमावली, २०७५ बमोजिम कोषले गर्नेछ ।

चन्द्रागिरि नगरपालिकासँगको यो समझदारी कोषले व्यवसाय विस्तारको लागि स्थानीय सरकारसँग सम्झौता गर्न सक्नेछ भन्ने नियमावलीको व्यवस्था बमोजिमको पहिलो हो । यस समझदारीले नगरपालिकाले तय गरेको कार्यक्रमको कार्यान्वयनले मुर्त रुप लिने कोषको अपेक्षा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स