काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एकैदिन एक लघुवित्तसहित दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
बिहीबार फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्सको गरि कुल २७ लाख ३५ हजार ८०९.४६ कित्ता सेयर सूचीकृत भएको हो ।
जसमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ७.५० प्रतिशतले हुन आउने ८ लाख ६० हजार ८०९.४६ कित्ता सेयर सूचीकृत भएको छ ।
त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सको ५ प्रतिशतले हुन आउने १८ लाख ७५ हजार कित्ता सेयर सूचीकृत भएको छ ।
सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।