भाटभटेनी सुपरमार्केटमा अबदेखि क्यूआर स्क्यान गरेर पैसा तिर्न मिल्ने

काठमाडौं । भाटभटेनी सुपरमार्केटले क्यूआर स्क्यान गरेर सामान खरिद गरेको पैसा तिर्न मिल्ने व्यवस्था ल्याएको छ । पहिले नगद वा कार्ड स्वाप गरेर मात्र रकम तिर्न मिल्नेमा अबदेखि ग्राहकले मोबाइलबाटै तिर्न सक्ने व्यवस्था ल्याएको हो ।

बुधबार टंगालस्थित भाटभटेनीमा एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोड उद्घाटन गरेका हुन् ।

भाटभटेनीमा प्रभु बैंकको क्यूआर स्क्यान राखिएको छ । जसलाई इसेवा वा फोनपेको सञ्जालमा आवद्ध बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एपबाट स्क्यान गरेर रकम तिर्न मिल्छ ।

कार्यक्रममा भाटभटेनीका अध्यक्ष मिन बहादुर गुरूङले नगदरहित भुक्तानीलाई प्रबर्द्धन गर्न छुटको अफर पनि दिइएको बताए । २ वर्षभित्र कुल कारोबारको ७५ प्रतिशत क्यूआरबाट बनाउने भाटभटेनीको योजना रहेको उनले सुनाए । अहिले २० वटा आउटलेटबाट दैनिक ४० जना ग्राहकलाई मौखिक रूपमा क्यूआर र यसको लाभबारे जानकारी गराइरहेको गुरूङले सुनाए । जसअनुसार सदस्य ग्राहकले साधारण भुक्तानीभन्दा २५ प्रतिशत थप रिवार्ड प्वाइन्ट पाउँछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स