राउण्ड टेबल नेपालद्वारा सुनगाभा विद्यालयलाई भवन हस्तान्तरण

काठमाडौं । राउण्ड टेबल नेपालले सुनगाभा बाटिका नेपाल विद्यालयको भवन निर्माणमा सहयोग गरेको छ । राउण्ड टेबलले विद्यालयका लागि ६ वटा कक्षासम्पन्न एक भवन, एक बहुउदेश्यिय हल र शौचालय भवन निर्माण सम्पन्न गरि हस्तान्तरण गरेको हो ।

करिब ५ महिना अघिबाट सुरु भएको निर्माण कार्य छोटो अवधिमा नै सम्पन्न गरेर राउण्ड टेबलले आफ्नो अर्ध/वार्षिक बैठकको अवसरमा भवन हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा राउण्ड टेबल इन्टरनेशनलका अध्यक्ष मार्क जर्मेहसेन, राउण्ड टेबल नेपालका अध्यक्ष नितेश कुमार अग्रवाल, राउण्ड टेबल काठमाडौं–१ का अध्यक्ष कन्हैया घिराईया लगायत अन्य राउण्ड टेबलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। साथै संस्थाले विद्यालयका बालबालिकाहरुलाई स्कुल ब्याग, पुस्तक, स्टेसनरि तथा खाजा र खाना वितरण गरेको छ।

हाल सुनगाभा बाटिका नेपालमा १५० बालबालिकाले अध्ययन गरिरहेका छन । एकल अभिभावक भएका बालबालिका, श्रमिकहरुको बालबालिका तथा कुलतमा लागेका अभिभावकका बालबालिकाहरुलाई हेरचाह गर्ने उदेश्यले १७ बर्ष अगाडि सुनगाभा बाटिका नेपाल विद्यालयको स्थापना गरिएको थियो ।

यस विद्यालयले बालबालिकाहरुका लागि दिवा हेरचाह केन्द्र, प्रारम्भिक प्राथमिक विद्यालय र दिवा छात्राबासको सेवा प्रदान गर्दै आइरहेको छ। संस्थाले हाल ६ महिना देखि ९ वर्ष भित्रका उमेर समुहका बालबालिकाहरुलाई भर्ना लिई निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ ।

कमजोर पुर्वाधारका कारण बालबालिकाको शिक्षामा मात्रै नभइ स्वास्थ्यमा समेत गम्भिर प्रभाव पर्ने देखिए पछि राउण्ड टेबलले विद्यालयलाई पूर्वाधार निर्माणमा सहयोग गरेको हो । राउण्ड टेबल एक अन्तरराष्ट्रीय संस्था हो जसमा ४० वर्षभन्दा कम उमेरका युवाहरु संगठित भै विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दे आइरहेका छन्। नेपालमा ‘राउण्ड टेबल नेपाल’ को नामले सन्चालित यस सस्थाले नेपालका विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आइरहेको छ।

करिब ४५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको यस विद्यालयको भवनमा राउण्ड टेबल नेपाल, राउण्ड टेबल अस्ट्रीया, राउण्ड टेबल पेरिस, एनआइएमबि बैंक लगायतको संस्थाहरुले आर्थिक सहयोग गरेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स