काठमाडौंका यी स्थानमा सात दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा सात दिन विद्युत आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै आज फागुन १६ गतेदेखि एक सातासम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने जनाएको हो ।

प्राधिकरणको महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले आगामी फागुन २२ गतेसम्म विद्युत लाइन अवरुद्ध हुने जानकारी गराएको छ ।

प्राधिकरणले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । मौसम प्रतिकुल रहेमा भने विद्युत् नियमित आउने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स