९ वटा ठेकेदार कम्पनी कालोसूचीमा, १ देखि ३ वर्षसम्म काम गर्न नपाउने

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ९ वटा ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।

कम्पनीहरुलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा (१) बमोजिम फागुन १५ गते एक सूचना जारी गर्दै आजकै मितिदेखि लागु हुने गरी कालोसूचीमा राखेको हो ।

कार्यालयले कम्पनीहरुलाई १ देखि ३ वर्षसम्म काम गर्न नपाउने गरी कालोसूचीमा राखेको सूचनामा उल्लेख गरिएको छ ।

संघीय तथा स्थानीय तहबाट कालोसूचीमा राख्न सिफारिस भएपछि कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले जनाएको छ ।

कालोसूचीमा राखिएका ती निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कालोसूचीमा राखिएको अवधिभरि कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने खरिद अनुगमन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स