नेप्सेमा नेपाल सरकारको ३१ अर्ब रुपैयाँ बराबरको ४ वटा विकास ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल सरकारको ३१ अर्ब रुपैयाँ बराबरको ४ वटा विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्धारा निष्काशन भएका विकास ऋणपत्रहरु धितोपत्र सूचीकरण विनियावली, २०७५ को विनियम ८ अनुसार फागुण ११ गतेको निर्णय अनुसार नेप्सेमा सूचीकरण गराएको हो ।

जसमा ७ अर्ब रुपैयाँको २०८८ ‘च’ नामक विकास ऋणपत्र सूचीकृत भएको छ । ८ वर्षे अवधि रहेको उक्त ऋणपत्रको ब्याजदर ६ प्रतिशत रहेको छ । गत मंसिर २० गते निष्काशन भएको यो ऋणपत्रको भुक्तानी २०८८ मंसिर २० गते हुने छ ।

७ अर्ब रुपैयाँको २०८५ ‘ट’ नामक विकास ऋणपत्र सूचीकृत भएको छ । उक्त ऋणपत्रको अवधि ५ वर्ष रहेको छ भने ब्याजदर ५.५६ प्रतिशत रहेको छ । उक्त ऋणपत्र गत पुस ६ गते निष्काशन भएको हो ।

७ अर्ब रुपैयाँको २०८८ ‘छ’ नामक विकास ऋणपत्र सूचीकृत भएको छ । जसको ब्याजदर ५.९६ प्रतिशत रहेको छ । ८ वर्षे अवधि रहेको यस विकास ऋणपत्रको भुक्तानी २०८८ पुस २३ गते हुने छ ।

त्यस्तै, १० अर्ब रुपैयाँ बराबरको २०८५ ‘ठ’ नामको विकास ऋणपत्र सूचीकृत भएको छ । ५ वर्षे अवधि रहेको उक्त ऋणपत्रको ब्याजदर ५.८४ प्रतिशत रहेको छ । गत माघ १२ गते निष्काशन भएको यो ऋणपत्रको भुक्तानी २०८५ माघ १२ गते हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स