लघुवित्त ऋणी संसद् भवन छिरेरै गरे विरोध प्रदर्शन

काठमाडौं । लघुवित्त ऋणीहरूले संघीय संसद्का दुवै सदनको बैठक सकिने बित्तिकै संसद् भवनमा प्रवेश गरेर विरोध प्रदर्शन गरेका छन् ।

सभामुख देवराज घिमिरेले संघीय संसद् भवनमा लघुवित्त ऋणीहरूको समूह हुलहुज्जतसहित प्रवेश गरेको र नाराबाजी गरेको विषयलाई लिएर नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरसँग जानकारी लिएका छन् । सभामुख घिमिरेको सचिवालयले दिएको जानकारीअनुसार उक्त घटनालाई गम्भीर रूपमा लिइएको छ ।

महानिरीक्षक कुँवरले उक्त घटनाको छानबिन गर्नका एसएसपी दिनेशराज मैनाली संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको सभामुखलाई जानकारी दिएका छन् । उक्त समितिमा एसपी नवराज अधिकारी र डीएसपी दिनेश घिमिरे रहेको जानकारी महानिरीक्षक कुँवरले सभामुख घिमिरेलाई दिएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स