यस्तो छ अर्थमन्त्री डा. महतले पेश गरेका सिद्धान्त र प्राथमिकता, के-के समेटिए ? (पूर्णपाठ सहित)

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका पेश गरेका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. महतले ‘आ.व. २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका हुन्।

अर्थमन्त्री डा. महतले आगामी आर्थिक वर्षका लागि सार्वजनिक ऋण भुक्तानीका लागि थप १ खर्ब रुपैयाँ छुट्याउनुपर्ने बताएका छन् ।

अर्थमन्त्रीका अनुसार सिद्धान्त र प्राथमिकताका आधारमा बजेटको बाँडफाँट गर्दा उत्पादन वृद्धिलाई टेवा पुग्ने गरी प्राथमिकता प्राप्त आयोजनामा सार्वजनिक खर्च केन्द्रित गरिनेछ । चालु खर्चलाई नियन्त्रण गर्दै दोहोरो कार्यक्षेत्र भएका संरचना क्रमशः खारेज गर्दै लगिने र निर्माणाधीन आयोजना सम्पन्न गर्न र स्रोत सुनिश्चित गरिएका आयोजनालाई आवश्यक रकम विनियोजन गरिने उनले बताए । त्यस्तै, आयोजना वर्गीकरणको आधार तथा मापदण्ड पूरा भई पूर्व तयारी सम्पन्न भएका आयोजनालाई मात्र बजेट विनियोजन गर्ने नीति लिइने उनको भनाई छ ।

योसँगै आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा फागुन २१ गतेदेखि छलफल सुरु हुने भएको छ । सभामुख देवराज घिमिरेले उक्त छलफल फागुन २१, २२, २३, ३० र चैत १, २ र ४ गते हुने जानकारी गराए ।

यस अघि बजेट आउनु भन्दा २ साता अगाडी मात्र बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेश गर्ने गरिएको थियो। यस पटक भने बजेट आउनुभन्दा तीन महिना अगाडि नै बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेस भएको हो ।

यस्तो छ अर्थमन्त्री डा. महतले पेश गरेका सिद्धान्त र प्राथमिकता :

[embeddoc url=”https://www.hamroartha.com/wp-content/uploads/2024/02/सिद्धान्त-र-प्राथमिकता.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स