जीवन बीमा कम्पनीहरूको व्यवसाय करिब ८७ अर्ब, व्यापारमा नेपाल लाइफ अग्रस्थानमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा व्यवसाय गर्ने बीमकहरूको मासिक विवरण सार्वजनिक गरेको छ । देशमा सञ्चालित १८ वटा जीवन बीमा व्यवसाय गर्ने कम्पनी(बीमक)ले चालु आर्थिक वर्षकोे माघ महिनासम्म ८६ अर्ब ९२ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

गत आवको समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले ८३ अर्ब ३९ करोड १४ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए । जीवन बीमा कम्पनीहरूले चालु आवको माघ महिनासम्म गरेको व्यवसाय गत आर्थिक वर्षको तुलनामा ४.२३ प्रतिशतले बढि हो ।

माघ महिनासम्म जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरूले १ करोड ३७ लाख ९४ हजार १३७ बीमा पोलिसी जारी गरेर प्रथमा बीमा व्यवसायबाट १६ अर्ब १५ करोड २९ लाख रुपैयाँ र नवीकरण बीमा व्यापारबाट ७० अर्ब ७७ करोड २ लाख रुपैयाँ प्रिमियम संकलन गरेको बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

समीक्षा अवधिमा सबै भन्दा बढि जीवन बीमा व्यवसाय गर्ने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ भने अन्य बीमा कम्पनीहरूको तुलनामा लिवीर्टी माइक्रो लाइफ इन्स्योरेन्सले कुला ४८ लाख रुपैयाँ मात्र प्रिमियम संकलन गरेको देखिन्छ ।

सार्वजनिक भएको तथ्यांकमा नेपाल लाइफ इन्स्योरेन्सले प्रथम बीमा र नवीकरण बीमामा १२ लाख ६२ हजार ६६१ बीमा पोलिसी जारी गरेर २३ अर्ब २० करोड ७४ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

त्यसैगरी समीक्षा अवधिमा प्रथम बीमा र नवीकरण् बीमा व्यवसायबाट नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरिश्न नेपालले १०/१० अर्ब भन्दा बढिको प्रिमियम संकलन गरेको छ भने हिमालयन लाइफ इन्स्योरेन्सले ३ लाख ८७ हजार ३०५ बीमा पोलिसी जारी गरेर ९ अर्ब ९१ करोड ३४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

चालु आर्थिक वर्षको माघ महिनासम्म प्रथम बीमा र नवीकरण बीमा व्यवसायबाट राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ९८ करोड १९ लाख, मेट लाइफले ३ अर्ब १४ करोड २५ लाख, एशियन लाइफ इन्स्योरेनसले ४ अर्ब ४३ करोड ५९ लाख, आइएमई लाइफ इन्स्योरेन्सले २ अर्ब ५० करोड १९ लाख, सन नेपाल लाइफले २ अर्ब १२ करोड १४ लाख, रिलायबल नेपाल लाइफले २ अर्ब ३० करोड ९० लाख र सिटिजन लाइफ इन्स्योरेन्सले ३ अर्ब २६ करोड ६२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्सले ५ अर्ब ३ करोड २२ लाख, सानीमा रिलायन्स लाइफले ३ अर्ब ३८ करोड २६ लाख, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ३८ करोड ५२ लाख, गार्डियन माईक्रो लाइफले १ करोड १५ लाख, क्रेष्ट माईक्रो लाइफले २ करोड ५८ लाख रुपैयाँ र लिवर्टी माइक्रो इन्स्योरेन्सले अन्य कम्पनीहरूको तुलनामा कम ४८ लाख रुपैयाँ मात्रै कुल बीमा शुल्क आर्जन गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स