सरकारद्वारा राजनीतिक दलसम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभामा पेश

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारले ‘राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८०’ पेश गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उक्त विधेयक प्रतिनिधिसभामा पेस गरेका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को केही व्यवस्थाहरूमा अध्यादेशले संशोधन गरेको र सो पश्चात उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साविककै व्यवस्था कायम राख्न आवश्यक देखिएकाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक ल्याउनुपरेको बताए । उनले भने, ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को केही व्यवस्थाहरूमा अध्यादेशले संशोधन गरेको र सो पश्चात उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साविककै व्यवस्था कायम राख्न आवश्यक देखिएकाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक यस सम्मानित प्रतिनिधिसभामा पेश गर्दछु ।’

उक्त विधेयकमाथि अब सैद्धान्तिक छलफल हुनेछ । सांसदहरूले संशोधन राख्ने समय छुट्याइनेछ भने त्यसपछि दफावार छलफल हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स