आउँदो वैशाख १५ गते उपनिर्वाचन गर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले विसं २०८१ वैशाख १५ गते शनिबार उपनिर्वाचन गर्ने घोषणा गरेको छ। निर्वाचन आयोगको आइतबार बसेको बैठकले उपचुनाव गर्ने निर्णय गरेको हो ।

इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका थिए । प्रतिनिधिसभा उनको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्र खाली छ। त्यस्तै प्रदेश सभातर्फ बझाङ क्षेत्र नम्बर १ को (१) बाट नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए। उनको विसं २०८० असार २५ गते गाडी दुर्घटनामा निधन भएपछि सो क्षेत्र खाली छ । सरकारको परामर्शमा उक्त दुबै क्षेत्रमा उपनिर्वाचनको मिति निर्धारण गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स