कुमारी सबल योजनामा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । कुमारी सबल योजनामा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यो योजनाका इकाइहरु गत माघ २८ गतेबाट बिक्री खुला गरिएको थियो। यो योजनाका इकाइ खरिदका लागि आज बैंकिङ समयसम्म आवेदन दिन पाइने योजना व्यवस्थापक कुमारी क्यापिटलले जनाएको छ।

क्यापिटलले कुमारी सबल योजनाको कुल १० करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाईको १४ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ ।

त्यस्तै, योजना व्यवस्थापक कुमारी क्यापिटललाई १ प्रतिशत अर्थात् १० लाख इकाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । न्यूनतम एक सय इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स