काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको २३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.२५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित बोनस सेयर र नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । यस्तै, कम्पनीको सञ्चालक समिति बैठकले बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा २७ प्रतिशत (१ः०.२७ अनुपातमा) हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।
फागुन ११ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने र हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।