त्रिभुवन विमानस्थलबाट ८५५ ग्राम सुनसहित एक भारतीय पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेंलो रङको अर्धठोस वस्तु करिब ८५५ ग्रामसहित गएराति एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३५ वर्षीय शरिफअहमद अब्दुल गफुर रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

उनले भने, ‘विमानस्थलबाट सुन जस्तो देखिने पहेंलो रङको अर्धठोस वस्तु करिब आठ सय ५५ ग्रामसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । निजलाई आज आवश्यक अनुसन्धान तथा कारवाहीका लागि भन्सार कार्यालय पठाइने छ ।’

दुबईबाट फ्लाई दुबईको उडानमार्फत काठमाडौं आएका निजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रुपमा लुकाई छिपाई भन्सार छली लैजान लागेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब महानिरीक्षक ढकालले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स