नेपालका नागरिकले अब सजिलै भारतीय सीम कार्ड पाउने

काठमाडौं । नेपालका नागरिकले अब सजिलै भारतीय सीम कार्ड पाउने भएका छन् । भारतीय सञ्चार मन्त्रालयले जारी गरेको सूचना अनुसार अब भारत गएका नेपालीहरुले सजिलै सीम कार्ड पाउने व्यवस्था गरेको हो ।

नेपाली नागरिकहरुले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचय पत्रको आधारमा भारतको सीमकार्ड लिन सक्ने छन् । पहिलो प्राविधिक कारणले पाइँदैन थियो ।

यसअघि पासपोर्टमा भिसाको स्ट्याम्प लागेको आधारमा मात्र भारतीय सीम कार्ड वितरण गरिने व्यवस्था थियो । राजदुतावासले औपचारिक अनुरोध गरेको केही सातामै भारतले उक्त निर्णय गरेको हो ।

त्यस्तै, उक्त सीम कार्ड तीन महिनाका लागि मात्र सक्रिय हुने र त्यसपछि नवीकरण गर्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स