विश्वविद्यालयका उत्कृष्ट उपकुलपति तथा रजिष्ट्रारलाई ‘नेपाल एजुकेसन अवार्ड २०२४’ प्रदान

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय गणेशप्रसाद तिमिल्सिनाले उत्कृष्ट उपकुलपति तथा रजिष्ट्रारहरुलाई ‘नेपाल एजुकेसन अवार्ड २०२४ बाट सम्मान तथा अवार्ड प्रदान गरेका छन् । कलेज रिडर्सद्धार मल्ल होटल, काठमाडौंमा आयोजित ‘विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार सम्मान’ कार्यक्रममा उनले सो सम्मान तथा अवार्ड प्रदान गरेका हुन् ।

मूल्यांकन समिति प्रमुख प्रा.डा. भीमप्रसाद सुवेदीको सिफारिसमा उक्त सम्मान तथा अवार्ड प्रदान गरिएको हो । कलेज रिडर्सका संरक्षक भवानीप्रसाद पौडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

कलेज रिडर्सका प्रमुख कार्यकारी अधिकृत जितेन्द्र घिमिरेले कार्यक्रम प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन कलेज रिडर्सका सम्पादक केशव नेपालले गरेका थिए ।

वर्षको उत्कृष्ट उपकुलपतिः प्रा।डा। नन्दबहादुर सिंह, उपकुलपति, मध्यपश्चिम विश्वविद्यालय

वर्ष उत्कृष्ट रजिष्ट्रारः डा तिलकराम आचार्य, रजिष्ट्रार, लुम्बिनी बौद्ध विश्वविद्यालय

प्रोमिसिङ भाइस चान्सलर अफ दि इयरः प्रा.डा. भोला थापा, उपकुलपति, काठमाडौं विश्वविद्यालय

प्रोमिसिङ रजिष्ट्रार अफ दि इयरः प्रा.डा.दीपकबहादुर भण्डारी, रजिष्ट्रार, पोखरा विश्वविद्यालय

उपकुलपति र रजिष्ट्रारहरूको सम्मान तथा अवार्डका लागि विश्वविद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष प्रा.डा. भीमप्रसाद सुवेदीको अध्यक्षतामा निर्मित मूल्यांकन समितिले निश्चिित मापदण्ड निर्धारण गरी सम्मान तथा अवार्डका लागि सिफारिस गरेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स