ग्लोबल आइएमई बैंकमा कसको सेयर कति ?

काठमाडौं ।  ग्लोबल आइएमई बैंकमा ४.२६ प्रतिशतदेखि ०.५ प्रतिशतसम्म सेयर भएका सेयरधनीहरूको  २३.५२ प्रसेयर लगानी रहेको छ । गत आवको पुष मसान्तसम्म बैंकमा सेयरधनीहरूको यस्तो सेयर २०.५४ प्रतिशत थियो । बैंकमा सेयरधनीहरूको सेयर गत अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आवको दोस्रो त्रैमास पुष मसान्तसम्म २.९८ प्रतिशतले बढेको हो ।

बैंकमा यस वर्ष सबैभन्दा भन्दा बढि सेयर कर्मचारी सञ्चय कोषको छ । कम्पनीको ४.७४ प्रतिशत सेयर छ ।
त्यस्तै यस वर्ष बैंकमा बढि सेयर भएको दोस्रो नम्बरमा आइएमई होल्डिङस प्रा. लि रहेको छ । बैंकमा कम्पनीको २.७८ प्रतिशत सेयर छ । गत आवको सोहि अवधिमा कम्पनीको सेयर ४.०६ प्रतिशत सेयर थियो । गत आवको समिक्षा अवधिको तुलनामा कम्पनीको सेयर चालु आवको यो अवधिमा १.२८ प्रतिशतले कम हो ।आइएमई इन्भेष्टमेण्टको २.५१ प्रतिशत सेयर छ । गत आवको सोहि अवधिमा कम्पनीको बैंकमा ३.६६ प्रतिशत सेयर थियो ।

त्यसैगरी सेयरधनी विष्णु प्रसाद न्यौपानेको १.४१ प्रतिशत, सुमित कुमार अग्रवालको १.४० प्रतिशत, उक्तम कुमार नेपालको ०.९५ प्रतिशत, रण बहादुर शाहको ०.७८ प्रतिशत, हेमराज ढकालको ०.६७ प्रतिशत, क्याबिनेट श्रेष्ठको ०.६४ प्रतिशत, डम्बर बहादुर मल्लको ०.६३ प्रतिशत, रिता मल्लको ०.५६ प्रतिशत, शारदा देवीको ०.५३ प्रतिशत र सन्दीप अग्रवालको ०.५२ प्रतिशत सेयर रहेको छ ।

पुष मसान्तसम्म बैंकमा १९ जना सेयरधनीहरूको ८ करोड ९० हजार सेयर संख्या पुगेको छ । गत आवको सोहि अवधिमा सेयरधनीहरूको सेयर संख्या ४ करोड ६३ लाख ५६ हजार १९३ सेयर संख्या थियो ।पुष मसान्तसम्म बैंकमा कर्मचारी संचय कोषको मात्रै १ करोड ६९ लाख ७१ हजार ५३५ सेयर संख्या रहेको छ । त्यसैगरी आइएम ई होल्डिङसको ९९ लाख ३८ हजार, आइएम ई इन्भेष्टमेण्टकोे ८९ लाख ६६ हजार, कन्टिनेण्टल इन्भेष्टमेण्टको ४१ लाख २२ हजार, नागारिक लगानी कोषको ३२ लाख ८५ हजार, निमिषा इन्भेष्टमेण्टको २६ लाख ५५ हजार, होमल्याण्ड डेभलपर्सको २६ लाख १ हजार र कामधेनु इन्भेष्टमेण्टको २२ लाख १९ हजार ७६१ सेयर संख्या रहेको छ।

सेयरधनी विष्णु प्रसाद न्यौपानेको ५० लाख ३३ हजार, सुमित कुमार अग्रवालको ५० लाख ३ हजार, उत्तम कुमार नेपालको ३३ लाख ९१ हजार, रण बहादुर शाहको २८ लाख ४ हजार, हेमराज ढकालको २४ लाख १ हजार, क्याबिनेट श्रेष्ठको २२ लाख ७२ हजार, डम्बर बहादुर मल्लको २२ लाख ४७ हजार सेयर संख्या रहेको छ । त्यस्तै सेयरधनी रिता मल्लको १९ लाख ९७ हजार, शारदा देवीको १८ लाख ७८ हजार र सन्दीप अग्रवालको १८ लाख ५३ हजार २३६ सेयर संख्या रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स