काठमाडौं । बुधबार सिंहदरबार भित्र राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको पीएसओले बोकेको पेस्तोलबाट गोली चलेको छ।
दाहालका पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोल चेकजाँच गर्ने क्रममा एकाएक पड्किन पुगेको हो ।
यद्यपि गोली कसैलाई नलागेको बताइएको छ ।
प्रहरीले मानवीय त्रुटिका कारण यसरी गोली चल्न पुगेपनि संयोगवश कुनै क्षति भने नभएको बताएको छ ।