भोलि सार्वजनिक विदा, सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुने

काठमाडौं । सरकारले भोलि सार्वजनिक विदा दिएको छ । सरकारले भोलि फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक विदा दिएको हो ।

सार्वजनिक विदा भएकाले भोलि सोमबार सेयर बजार बन्द हुने भएको छ । उक्त दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

नेपालमा प्रजातन्त्र दिवस २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते मनाइन्छ ।

यस कारण यो दिनलाई ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मान्ने गरिन्छ । राणाहरूको वंशीय तन्त्र होइन कि ‘प्रजा’हरकै ‘तन्त्र’मा शासन चल्छ भन्ने उद्घोषसहित यस दिन मुलुकमा ‘प्रजातन्त्र’ छाएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स