काठमाडौं जिल्ला अदालतका शाखा अधिकृत बलात्कारको कसुरमा पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला अदालतका शाखा अधिकृत बलात्कारको कसुरमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं जिल्ला अदालतका शाखा अधिकृत गोपाल गजमेर रहेका छन् ।

एक युवतीले आफूलाई गजमेरले जबरजस्ती करणीको गरेको भन्दै गत माघ २९ गते जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकाले पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीका अनुसार जाहेरी दर्ता भएलगत्तै गजमेरलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताए ।

बलात्कारको कसुर गरेको जाहेरी परेपछि गोपाल गजमेरलाई पक्राउ गरी अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ । अहिले सो सम्बन्धमा अनुसन्धान भइरहेकाले थप केही बताउन नमिल्ने कार्कीले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स