पुष मसान्तसम्म प्रदेश सरकारले गर्यो ४३ अर्ब २५ करोड रुपैयाँ खर्च, खर्च गर्नेमा कोशी प्रदेश अग्रस्थानमा

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास प्रदेश सरकारले ४३ अर्ब २५ करोड २८ लाख खर्च गरेको छ । जुन कुल प्रदेशको बजेटको १५.४४ प्रतिशत हो । सरकारले सातै प्रदेश सरकारको लागि चालु आवमा २ खर्ब ८० अर्ब ११ करोड ९६ लाख रुपैयाँ बजेट विनियोजन गरेका छ ।

गत आवको सरकारले प्रदेश सरकारको लागि ३ खर्ब ५ अर्ब ५० करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । गत आवको समीक्षा अवधिमा सातै प्रदेशले ९ अर्ब ५३ करोड ३१ लाख रुपैयाँ खर्च गरेका थिए । गत आवको समीक्षा अवधिको तुलनामा चालु आवको यो अवधिमा ०.७७ प्रतिशतले कम खर्च भएको बजेट अर्धवार्षिक समीक्षामा उल्लेख गरिएको छ ।
यो अवधिमा सबैभन्दा बढी कोशी प्रदेशमा २०.८७ प्रतिशत बजेट खर्च भएको छ । सबैभन्दा कम बजेट मधेश प्रदेशमा ६.६८ प्रतिशत खर्च भएको छ ।

कोशी प्रदेशमा ३५ अर्ब ७४ करोड ३५ लाख रुपैयाँ कुल खर्च छ जसमध्ये पुष मसान्तसम्म ७ अर्ब ६६ करोड ७९ लाख रुपैयाँ कुल खर्च भएको छ । बागमती प्रदेश र गण्डकी प्रदेशमा करिब बराबरी खर्च भएको देखिन्छ । समीक्षा अवधिमा बागमती प्रदेशमा १६.९८ प्रतिशत कुल खर्च भएको छ । ६२ अर्ब ७० करोड ९० लाख कुल खर्च मध्ये यो अवधिमा बागमती प्रदेशमा १० अर्ब ६४ करोड ५७ लाख रुपैयाँ खर्च भएको छ ।

यता गण्डकी प्रदेशमा पनि १६.५३ प्रतिशत खर्च भएको तथ्यांकमा उल्लेख छ । यो अवधिमा ३३ अर्ब ४२ कारोड ७२ लाख कुल खर्च मध्ये ५ अर्ब ५२ करोड ६८ लाख रुपैयाँ कुल खर्च भएको छ । त्यसैगरी लुम्बिनी प्रदेशमा १८.५० प्रतिशत खर्च भएको छ । लुम्बिनीमा ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँ कुल खर्च मध्ये ७ अर्ब ४८ करोड ७५ लाख रुपैयाँ कुल खर्च भएको छ ।

पुष मसान्तसम्म कर्णाली प्रदेशमा १३.१३ प्रतिशत खर्च भएको छ । समीक्षा अवधिमा कर्णालीमा २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँ अनुमानी बजेट छ जसमध्ये ४ अर्ब ३८ करोड ३३ लाख रुपैयाँ कुल खर्च भएको हो । उता सुदुरपश्चिमा प्रदेशमा १५.७१ प्रतिशत खर्च भएको छ । अनुमानित २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँ बजेटमा मध्ये यो अवधिमा ४ अर्ब ५९ करोड ६५ लाख रुपैयाँ कुल खर्च भएको छ ।

त्यसैगरी अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा कम खर्च भएको तथ्यांकामा उल्लेख गरिएको छ । कुल खर्च ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँ हो सो मध्ये यो अवधिमा २ अर्ब ९४ करोड ५१ लाख रुपैयाँ कुल खर्च भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स