कुमारी सबल योजनाको इकाईका लागि आवेदन दिने समय थपियो

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले माघ २८ गतेदेखि निष्काशनमा ल्याएको कुमारी सबल योजनाको इकाईका लागि आवेदन दिने म्याद थप गरेको छ । सो फण्डको इकाईका लागि अब फागुन १३ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । निष्काशन गरिएको कुल इकाईमध्ये एक प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटललाई छुट्याइएको छ ।

१४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक कुमारी बैंकलाई सुरक्षित गरीएको छ । क्यापिटलले बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्रीमा ल्याएको हो ।

उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिनेछ । र न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिनेछ ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । १० वर्ष अवधिको उक्त फण्ड एक बन्दमुखी योजना हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स