काठमाडौं । चौधरी समूह (सीजी)ले नयाँ विद्युतीय गाडी ब्रान्ड आयन वाई नेपाल भित्र्याएको छ ।
मंगलबार चौधरी ग्रुपले थापाथलीमा नयाँ शोरुम स्थापनासँगै आयोन ब्राण्डको ईभी ‘आयोन वाई’ सार्वजनिक गरेको हो ।
चिनियाँ बजारमा उपलब्ध आयोन वाई ईभीको ग्राउन्ड क्लियरेन्स १८३ एमएम रहेको छ । लम्बाई ४५ हजार ३५० एमएम, चौडाई १ हजार ८७० एमएम र उचाई १ हजार ६५० एमएम छ । यसमा २ हजार ७५० एमएमको ह्वीलवेस पाउन सकिन्छ ।
यसलाई कम्पनीले १८ र १९ इन्चको ह्विल अप्सनमा चीनमा बिक्री गर्दै आएको छ। गाडीमा १०.२५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले र १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम छ। गाडीमा कप होल्डर, वायरलेस चार्जरको सुविधा पनि छ।
जीएसी आयन वाईमा ६१.५ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिइएको छ। गाडीले सिंगल चार्जमा ५०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ।
गाडीमा १०० किलोवाटको मोटर छ। यसले १७६ एनएम टर्क क्षमता जेनेरेट गर्छ।
कम्पनीले आयोन वाई ईभीको मूल्य ५४ लाख ९९ हजार रूपैयाँ कायम गरेको छ ।