रास्वपाले बुझायो प्रधानमन्त्रीलाई सुझाव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी र लघुवित्त पीडित नेपालीलाई न्याय दिनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले सहकारी र लघुवित्त पीडितलाई न्याय दिनका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले भने, ‘यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु । लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छु । तपाईहरूको सुझाव पनि म हेर्छु । यो समस्या जतिसक्दो छिटो टुंगाउन चाहन्छु, यसमा तपाईहरूको पनि सहयोग चाहियो ।’

प्रधानमन्त्री दाहालले सहकारी र लघुवित्तबाट पीडित भएका नेपालीलाई न्याय दिनका सहयोग गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आग्रह गरे । उनले सहकारी र लघुवित्त पीडितहरूलाई न्याय दिनका लागि आफू सक्रिय भइरहेको पनि जानकारी गराएका हुन् ।

रास्वपको महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समितिको बैठकले वाग्लेको नेतृत्वमा सहकारी र लघुवित्त पीडितका विषयमा प्रतिवेदन बनाउन समिति गठन गरेको थियो । प्रतिवेदन लेखन समिति संयोजक डा. वाग्लेका अनुसार लामिछानेले सहकारी र लघुवित्तको समस्या समाधानमा पार्टीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स