सरकारको कुल ऋण २३ खर्ब ८३ अर्ब, गत वर्षभन्दा १८.३५ प्रतिशतले बढी

काठमाडौं । चालु आर्थिक वर्षको पुष मसान्तसम्म सरकारको कुल सार्वजनिक ऋण २३ खर्ब ८३ अर्ब ५७ करोड ९६ लाख रुपैयाँ पुगेको छ । गत आवको समिक्षा अवधिमा सरकारको यस्तो ऋण २० खर्ब १३ अर्ब ८४ करोड ९२ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको दोस्रो त्रैमास पुष मसान्तसम्मको तुलनामा यो १८.३५ प्रतिशतले बढी हो ।

चालु आवको पुष महिनासम्म सरकारको आन्तरिक कुल ऋण ११ खर्ब ९७ अर्ब ८५ करोड ५ लाख रुपैयाँ पुगेको छ भने वैदेशिकतर्फको कुल ऋण ११ खर्ब ८५ अर्ब ७२ करोड ९१ लाख रुपैयाँ पुगेको छ ।

आन्तरिकतर्फ सरकारको विकास ऋणपत्र ७ खर्ब ६९ अर्ब ७५ करोड ७० लाख रुपैयाँ कुल ऋण पुगेको छ । त्यसैगरी नागारिक ऋणपत्र १० अर्ब ७५ करोड ३ लाख रुपैयाँ पुगेको छ । सोहि अवधिमा ट्रेजरी विल ४ खर्ब १३ अर्ब २५ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

सरकारको वैदेशिक रोजगार वचतपत्र १७ करोड ५४ लाख रुपैयाँ कुल ऋण पुगेको छ । त्यसैगरी अन्तराष्ट्रिय मुद्रा कोष वण्ड ३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँ ऋण पुगेको छ ।

त्यस्तै पुष मसान्तसम्म वैदेशिकतर्फको बहुपक्षिय ऋण १ खर्ब ४१ अर्ब २९ करोड २६ लाख रुपैयाँ पुगेको छ भने वैदेशिक द्विपक्षिय ऋण १० खर्ब ४४ अर्ब ४३ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स