बजेट अर्ध वार्षिक समीक्षामा किन आएन योजना आयोग र राष्ट्र बैंक ?

आज चालु आर्थिक वर्षको बजेटको अर्ध वार्षिक समीक्षा भयो । सदाको वर्ष बजेट सार्वजनिक होस् या अर्धवार्षिक समीक्षा होस् जहिले पनि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नभए सदस्य उपस्थित हुने परम्परा थियो भने राष्ट्र बैंकबाट पनि भएसम्म गभर्नर नभए डेपुटी गभर्नर आउने र कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञाशाको उत्तर दिने अभ्यास थियो ।

तर आजको कार्यक्रममा न त राष्ट्रिय योजना आयोगबाटै उपाध्यक्ष वा प्रतिनिधि आए न त राष्ट्र बैंकबाट । किन आएनन् यी दुबै जिम्मेवार निकायबाट अर्थ मन्त्रालयको बजेट अर्धवार्षिक समीक्षा कार्यक्रममा । अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारको रुपमा भूमिका निर्वाह गर्ने गभर्नर यस्तो समीक्षामा अनुपस्थित हुने कुरालाई अर्थपूर्णरुपमा लिइएको छ ।

यो विषयलाई आम पत्रकार जगतका साथै अन्यले पनि चासोले हेरेका छन् । कतै अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच तात्न थालेको सम्बन्ध फेरि चिसिन पुगेको हैन । हुन न त आजै राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति अर्धवार्षिक समीक्षा पनि ल्याउने भनेको छ । राष्ट्र बैंक उच्च व्यवस्थापन समितिले स्वीकृत गरेको मौद्रिक नीति समीक्षा बोर्ड बैठले पारित गरेपछि सार्वजनिक हुने हो ।

सो बोर्डमा अर्थ सचिव पनि रहने हुँदा अर्थ सचिव नै नगइ अवस्य पनि मौद्रिक नीतिको समीक्षा पास हुँदैन होला । अर्थ सचिव उपस्थिति हुनुपर्ने उक्त बैठक पनि ५ बजेपछिमात्रे बोलाइएको हो । तर, पनि किन राष्ट्र बैंक अर्थ मन्त्रालयको कार्यक्रममा उपस्थित भएन त भन्ने गम्भिर प्रश्न हो ।

भन्ने नै हो भने आज अर्थ मन्त्रालयको बजेट अर्धवार्षिक समीक्षामा सधै खचाखच हुने हलको पछिल्ला सिटहरू खालि नै थिए । यसअघि यस्ता कार्यक्रममा सिट नपाएर उठेर कोचिएर बस्नु पर्ने समस्या थियो । आज योजना आयोग र राष्ट्र बैंकका साथै पत्रकारहरूको पनि त्यति सहभागिता थिएन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स