काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको आकार घटाएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बाल्दैै अर्थमन्त्री डा. महतले चालु वर्ष बजेटको अर्धवार्षिक समीक्षामा बजेटको आकार २ खर्ब २१ अर्ब रुपैयाँले घटेको बताएका हुन् ।
उनका अनुसार अब बजेटको आकार १५ खर्ब ३० अर्ब कायम गरिएको छ । जुन कुल बिनियोजनको ८७.३८ प्रतिशत हो । कुल १७ खर्ब ५१ अर्बको बजेट पेश गरेका उनले १५ खर्ब ३० अर्ब ६६ करोड मात्रै खर्च हुने संशोधित अनुमान गरिएको छ । राजस्व कम उठेकाले खर्च पनि कम हुने उनको तर्क छ ।
कुल १७ खर्ब ५१ अर्बको बजेट पेश गरेका उनले १५ खर्ब ३० अर्ब ६६ करोड मात्रै खर्च हुने संशोधित अनुमान गरिएको छ । राजस्व कम उठेकाले खर्च पनि कम हुने उनको तर्क छ । उनका अनुसार यो रकम सुरू विनियोजनको ८७.३८ प्रतिशत हो। संशोधनसँगै चालूतर्फ १० खर्ब ७ अर्ब ४५ करोड ४६ लाख अर्थात् विनियोजनको ८८.२४ प्रतिशत, पुँजीगततर्फ २ खर्ब ५४ अर्ब १३ करोड १९ लाख अर्थात् विनियोजनको ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ६८ अर्ब ६७ करोड ९७ लाख अर्थात् विनियोजनको ८७.३९ प्रतिशत खर्च हुने अनुमान उनको छ।
अहिले भन्सार महशुल र अन्तःशुल्कमा राजस्व निकै घटेको छ । अर्थतन्त्रमा ब्याजदर घट्दा ऋण लगानी बढ्न थोरै समय लाग्ने उनले बताए । धेरै युवाहरू विदेश जाँदा आन्तरिक उपभोगमा कमि आएको छ । सोही कारण औद्यौगिक उत्पादन, व्यवसायिक गतिविधि र राजस्व संकलनमा पनि शिथिलता आएको छ ।