काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले घटेको छ ।
मंगलबार, छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले घटेर ९२ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १२ सय ५० कायम भएको छ ।