काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ ।
सोमबार क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै महानिर्देशक रिजाललाई कालोमोसो दलेर दुर्व्यवहार गरेको हो ।
विभागका महानिर्देशक रिजालले आफुमाथि दुर्व्यवहार भएको बताएका छन् । उनले भने ‘अफिस आउने क्रममा एक हुलले म माथि दुर्व्यवहार गरे’, ‘यो होलीको सिजन हो, ठिकै छ । मेरो लाइसेन्स घोटालामा कुनै हात नभएपनि मलाई दुर्व्यवहार भयो।’
केहि समय अघि नक्कली लाइसेन्स वितरण भएको भन्दै मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिनका लागि सिफारिस गरेको थियो । संगठनको एक समूहले उनलाई मिनभवनमा पुगेर कालोमोसो दलेको जनाइएको छ ।