स्वस्तिमा खड्का शाओमीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ । स्वस्तिमा खड्का आफ्नो अभिनय क्षमताको लागि पछिल्लो समय निकै लोकप्रिय अभिनेत्री हुन् ।

यस बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले भने, ‘नेपालको लोकप्रिय अभिनेत्री एवम् शालीन व्यक्तित्वकी धनी स्वस्तिमा खड्कालाई शाओमीको ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गर्न पाउँदा हामी निकै उत्साहित छौं । हाम्रो सहकार्यले शाओमीले अझ उचाई लिनेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।’

यस्तै नवनियुक्त ब्रान्ड एम्बासडर स्वस्तिमा खड्काले भने, ‘शाओमी जस्तो ग्लोबल टेक्नोलोजी लिडर ब्राण्डको ब्राण्ड एम्बासडर हुन पाउँदा म निकै गौरवान्वित छु । अत्याधुनिक र इनोभेटिभ स्मार्टफोनहरु र एआइओटी प्रोडक्टहरु प्रदान गर्दै आइरहेको शाओमीको लक्ष्य र मेरो व्यक्तिगत लक्ष्य मेल खान्छ । मलाई यो अवसर दिएकोमा शाओमीप्रति आभारी छु, मलाई आशा छ यो सहकार्यले हामी दुवैलाई एउटा नयाँ उचाइमा पु¥याउनेछ ।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स