काठमाडौं । साताको पहिलो दिन सेयर बजार गिरावट आएको छ ।
आइतबार, नेप्से परिसूचक १०.५० अंकले घटेर २०८५.८२ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ५ लाख कित्ता सेयर ४ अर्ब ८ करोड ५६ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ९१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४८ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६२ करोड ४७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, एनआरएनको १२ करोड ४ लाख, हिमालयन डेष्टिलरीको ९ करोड २३ लाख, एनआईसी एसिया बैंकको ८ करोड ४२ लाख, हाथवे इन्भेष्टमेन्टको ८ करोड ३० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।