सानिमा रिलायन्स लाईफको नाफा २१ करोड ९७ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म २१ करोड ९७ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६.४७ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिसम्ममा कम्पनीले ११ करोड १८ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको खुद बिमा शुल्क आर्जन दोब्बरले बढेको छ । कम्पनीको खुद बिमा शुल्क आर्जन १३६.०७ प्रतिशतले बढेर २ अर्ब ७८ करोड ६९ लाख रुपैयाँ पुगेको छ । गत आवको सोहि अवधिमा कम्पनीले १ अर्ब १८ करोड ५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

दोस्रो त्रैमाससम्म कम्पनीको जीवन बीमा कोषमा १२ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ जम्मा भएको छ । गत आवको सोहि अवधिमा कम्पनीको उक्त कोषमा १० अर्ब ९१ करोड ७६ लाख रुपैयाँ रहेको थियो ।

चालु आवको दोस्रो त्रैमाससम्म आईपुग्दा कम्पनीले दिर्घकालिन रुपमा १० अर्ब ८८ करोड रुपैयाँ लगानी गरेको छ । त्यसैगरी अल्पकालिन रुपमा ४ अर्ब ७७ करोड रुपैयाँ लगानी गरेको छ ।

हाल चुँक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ रहेको कम्पनीको प्रति सेयर आम्दानी १०.५० रुपैयाँ, नेट वर्थ १२५.४४ रुपैयाँ र पीई रेसियो ४४.४७ गुणा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स