नेपाल प्रहरीमा खेलाडीदेखि जवानसम्मलाई भर्ना खुल्यो (सूचना सहित)

काठमाडौं । नेपाल प्रहरीले खेलाडीदेखि जवानसम्म १ हजार ९५० जनाका लागि भर्ना खुलाएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालय नक्शालले एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।

जसमा प्रहरी जवानमा जम्मा १ हजार ८५६, कार्यालय सहयोगीमा भान्छेतर्फ ५३, हजामतर्फ ७, कुचिकारतर्फ २० र खेलाडीतर्फ १४ जनाको लागि दरखास्त माग गरिएको छ ।

खेलाडीमा एथलेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, जुडो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधामा मात्र दरखास्त दिन पाइने सूचनामा उल्लेख छ । खेलाडीमा जागिर खान चाहनेले काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मात्र दरखास्त फारम बुझाउनु पर्ने छ ।

जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि सातवटै प्रदेश प्रहरी तालिम केन्द्रमा र काठमाडौं उपत्यकाका तीन जिल्लासहित सबै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त बुझाउन सकिन्छ ।

दरखास्त दिने म्याद फागुन २ गतेदेखि चैत ९ गतेसम्म रहेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स