काठमाडौं । कमर्सियल गाडीहरुको नेपालकै अग्रिणी डिलर शशिला मोटर्स् प्रा.लि. र बिश्व प्रसिद्ध बस उत्पादक कम्पनी इभी उत्पादक उलिङ मोटर्स होल्डिङ लिमिटेडको सहकार्यमा ११ सिट क्षमताको इभी भ्यान नेपाली बजारमा सार्वजनिक गर्न लागिएको छ ।
उक्त मिनि भ्यान वातावरण मैत्री तथा प्यासेन्जर ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुनेछ । साथै इभि भ्यानहरु मध्ये ग्राहकको पहिलो रोजाईमा स्थान बनाउन सफल हुनेछ । नेपालको यातायात क्षेत्र बिद्युतिकरणमा रुपान्तरण हुँदै गईरहेको वर्तमान परिस्थितीमा आरामदायी उलिङ इभी कोशेढुंगा साबित हुनेछ । यसका साथै कार्वन उत्सर्जनमा कमि गर्नमा महत्वपूर्ण योगदान पु¥याउनेछ ।
यही अप्रिल २०२४ बाट नेपाली बजारमा उक्त भ्यान उपलब्ध हुने कम्पनीका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले जानकारी दिए ।
उलिङ इभी भ्यानका प्रमुख बिशेषताहरुः
– नेपालकै पहिलो पटक इभी भ्यान सेग्मेन्टमा ८ वर्ष वा ४ लाख कि.मि. सम्मको वारेन्टी भएको ।
– ४१.८७ कि.वा. आवर ब्याट्री ।
– कटिङ एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याक ।
– सिंगल चार्जमा ३०० कि.मि. रेञ्ज ।
– ११ सिट क्षमताको भएको इभीमा सहज यात्राका लागि आरामदायी सिट ।
– ४.९ मिटर लम्बाई भएकोले पर्याप्त खुल्ला ठाँउ सहित उत्कृष्ट आन्तरिक सजावट भएको ।