काठमाडौं । होण्डा ब्राण्डले विभिन्न अत्याधुनिक प्रबिधीहरु थप गरि आफ्नो नयाँ मोटरसाइकल बजारमा ल्याएको छ ।
कम्पनीले नेपालमा बिक्री सुरु गर्ने लक्ष्यसहित चाँडै बजारमा ल्याउन लागेको एसपी-१२५ को बुकिङ खुल्ला गरेको छ ।
होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी स्याकार ट्रेडिङले नाडा अटो शोमा २०२३ मा देखाएको एसपी-१२५ बुकिङ गर्न चाहकने जो कोहीले ५ हजार रुपैयाँ तिरेर बुकिङ गर्न सक्ने छन् ।
होन्डाले भारतमा भन्दा पहिला अटो शो मार्फत सार्वजनिक गरेको मोटरसाइकल बिक्रीको लागि भने अब उपलब्ध गराउने भएको हो ।
कम्पनीले दुई भेरियन्टमा एसपी-१२५ विक्री गर्ने तयारी गरेको छ । कम्पनीले एसपी-१२५ डिआरएसको मूल्य २ लाख ७८ हजार ९०० र एसपी डिडिएसको मूल्य २ लाख ८८ हजार ९०० रुपैयाँ तोकेर सार्वजनिक गरेको हो ।
होन्डा एसपी-१२५ मा १२३.४ सीसी सिगंल सिलिन्डर ४ स्ट्रोक इन्जिन रहेको छ । यो इन्जिनले १०.७२ बीएच पावर तथा १०.९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।
साइनभन्दा स्पोर्टी लुक भएको एसपी-१२५ को फ्रन्टमा डिस्क ब्रेक तथा रियरमा ड्रम ब्रेक उपलब्ध छ । यसमा कम्वी ब्रेकिङ सिस्टम पाउन सकिन्छ ।
एसपी-१२५ मा अलोय ह्वील, आकर्षक एलइडी हेडल्याम्प, स्टाइलिस फ्यूल ट्यांक पाउन सकिन्छ ।