साल्ट ट्रेडिङ कर्पोरेसनको नाफा ३ करोड ५८ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले दोस्रो त्रैमासमासम्म ३ करोड ५८ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ९०.१६ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले १ करोड ८८ लाख नाफा आर्जन गरेको थियो ।

कम्पनीको आम्दानी बढ्दा नाफामा भारी वृद्धि देखिएको छ । ३ अर्ब ४५ करोड ३८ लाख रुपैयाँ रहेको आम्दानी अहिले बढेर ६ अर्ब ६९ करोड ५६ लाख पुगेको छ । यसको अन्य आम्दानी १ करोड ७३ लाखबाट बढेर १ करोड ८२ लाख पुगेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी २७ करोड ८८ लाख ८४ हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा १ अर्ब ३५ करोड ७७ लाख रुपैयाँ जम्मा छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २५.६९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ भने ४१९.३५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स