सञ्चार तथा सूचना प्रविधि मन्त्रीका कारण संसदीय समिति बैठक स्थगित

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री बैठकमा उपस्थित हुन नसकेपछि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ । मंगलबार सरकारले ल्याएको सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल गर्न बैठक बोलाईएको थियो ।

समितिमा छलफलका लागि आमन्त्रित सांसद रघुजी पन्तले मन्त्रीको उपस्थितिबिना बैठक अघि बढ्न नसक्ने भन्दै समिति सभापति भानुभक्त जोशीलाई प्रतिनिधिसभा नियमावली २०७९ को १७८ को ४ हेर्न ध्यानाकर्षण गराएका थिए । उनले मन्त्रीबिना समिति बैठक चल्न नसक्ने अडान लिएसँगै सभापति जोशीले सञ्चारमन्त्री अस्वस्थ भएको कारण बैठकमा उपस्थिति हुन नसक्ने जानकारी गराउँदै बैठक स्थगित भएको सांसदहरुलाई जानकारी गराएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स