काठमाडौं । हृदयघातका कारण आज बिहान उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधन भएको छ ।
बिहान साढे आठ बजेतिर हृदयघात भएपछि उनलाई उपचारका लागि कंलकीस्थित नेपाल नेशनल अस्पताल पुर्याइएको थियो । उनको उपचारका क्रममा बिहान १० बजेतिर निधन भएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।
उनका अनुसार न्यायाधीश मरासेनीकि छोरी पोखरामा भएको र उनी पोखराबाट काठमाडौं आएपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।