काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले सभा फागुन ६ गते शंखमुलको अनमोल ब्यांकेटमा बिहान ११ बजे डाकेको हो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। माघ २१ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
यस्ता छन् सभामा पेश हुने प्रस्तावहरु :
सामान्य प्रस्तावहरु
१. संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गर्ने आ.व. २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।
२. यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहित आ.व. २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, इक्यूटीमा भएको परिवर्तन र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने ।
३. साविक अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहित आ.व. २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, इक्यूटीमा भएको परिवर्तन र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने ।
४. संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजी रकम १,९०,४५,६८,००० रूपैयाँको १०.२६१२ प्रतिशतले हुन आउने रकम १९,५४,३२,००० रूपैयाँ बराबरको बोनस सेयर जारी गर्दा लाग्ने कर वापत चुक्ता पुन्जीको ०.५४०१ प्रतिशतका दरले हुने रकम १,०२,८५,८९४.७४ नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने ।
५. कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम कम्पनीको आ.व. २०८०/८१ को हिसाब किताब लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।
६. समूह ‘क’ का संस्थापक सेयरधनीहरुको तर्फबाट संचालक समितिको प्रतिनिधित्व गर्ने संचालक पद ३ जना तथा समूह ‘ख’ का सर्वसाधारण सेयरधनीहरुको तर्फबाट संचालक समितिको प्रतिनिधित्व गर्ने संचालक पद २ जनाको निर्वाचन गर्ने ।
विशेष प्रस्ताव :
१. संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजी रकम १,९०, ४५,६८,००० रूपैयाँको १०.२६१२ प्रतिशतले हुन आउने रकम १९,५४,३२,००० रूपैयाँ बराबरको बोनस सेयर जारी गर्ने । त्यसरी बोनस सेयर जारी गर्दा भिन्न अंकमा आउने सेयरलाई संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात कायमै राखि नजिकको पूरा अंक कायम गर्ने । साथै बोनस सेयर जारी गर्दा जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएबाट सोही अनुरुप प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने ।
२. कम्पनीको संस्थापक सेयर तथा सर्वसाधारण शेयरको अनपात बमोजिम संचालक समितिको गठन गर्ने तथा सोही मोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने ।
३. कम्पनीको प्रबन्धपत्र र नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम आवश्यक फेरबदल गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।