भिजिट भिसामा विदेश जाननेका लागि आजदेखि नयाँ नियम लागू

काठमाडौं । सरकारले आजदेखि भिजिट भिसामा विदेश जानेका लागि नयाँ नियम लागू गरेको छ । भिजिट तथा पर्यटक भिसामा विदेश जान आवश्यक पर्ने कागजातबारे सरकारले आजदेखि नयाँ नियम लागू गरेको हो ।

विभिन्न देशमा भ्रमणको सम्पूर्ण खर्च बेहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५ सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण नगद वा डेबिट र क्रेडिट कार्ड पनि हुनुपर्ने नियम लागु गरेको छ ।

नयाँ नियम अनुसार यात्रा अनुमति पाउन कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्नेछ । भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र पनि साथमा राख्नुपर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स