नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिट आज हेर्न नभ्याइने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनको सुनुवाइ आज हेर्न नभ्याइने भएको छ ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाश कुमार ढुंगाना र बालकृष्ण ढकालको इजलासमा गभर्नर अधिकारी विरुद्ध परेको रिटको सुनुवाइ गर्ने गरी पेशी तोकिएको थियो ।

तर, यो रिटमा समय अभावका कारण सुनुवाइ नहुने भन्दै सर्वोच्च अदालतले हेर्न नभ्याइने सूचीमा राखेको छ ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको पुस १३ गतेको एकल इजलासले आज माघ ९ गते मुद्दालाई पूर्ण सुनुवाइका लागि पेशी तोक्न आदेश दिएको थियो ।

गत पुस १२ गते गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरु दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले रिट दर्ता गरेका थिए । पुस १३ गते सर्वोच्चले गभर्नर अधिकारीविरुद्ध परेको रिटमा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको थियो ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर तोकिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स