काठमाडौं । १० ब्रोकर कम्पनीले आज ४ अर्ब ४४ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार गरेका छन् ।
साताको दोस्रो दिन आज सोमबार बढि सेयर कारोबार गर्ने नासा सेक्युरिटिज्ले ७८ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार गरेको छ । नासा कम्पनीले आज ४५ करोड ५९ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने ३५ करोड ९० लाख रुपैयाँको सेयर बिक्री गरेको छ ।
इम्पेरियल सेक्युरिटिज्ले २१ करोड ८१ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने सो कम्पनीले २७ करोड ८८ लाख रुपैयाको सेयर बिक्री गरेको हो । कम्पनीले ४९ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार गरेको छ ।
त्यसैगरी अनलाइन सेक्युरिटिज्ले ४६ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार गरेको छ । आज कम्पनीले २१ करोड २५ लाख रुपैयाँको सेयर खरिद गरेको छ । सो कम्पनीले आज २५ करोड ५९ लाख रुपैयाँको सेयर बिक्री गरेको हो ।
सानी सेक्युरिटिज्ले २० करोड ५१ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने सो कम्पनीले २४ करोड ८९ लाख रुपैयाँको सेयर बिक्री गरेको हो । आज कम्पनीको ४५ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
भिजन सेक्युरिटिज्को ४२ करोड ९८ लाख रुपैयाँको सेयर कारोबाार भएको छ । आज कम्पनीले २१ करोड ७४ लाख रुपैयाँको सेयर खरिद गरेको छ । कम्पनीले २१ करोड २४ लाख रुपैयाँको सेयर बिक्री गरेको हो ।
त्यसैगरी दिपशिखा धितोपत्र खबरको ४१ करोड ५१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कम्पनीले आज २० करोड २० लाख रुपैयाँको सेयर खरिद गरेको छ भने २१ करोड ३६ लाख रुपैयाँको सेयर बिक्री गरेको हो ।
आर्यतारा इन्भेष्टमेन्ट सेक्युरिटिज्ले २० करोड ७१ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने सो कम्पनीले २० करोड ७९ लाख रुपैयाँको सेयर बिक्री गरेको छ । आज कम्पनीले ४१ करोड ५१ लाख रुपैयाँको सेयर कारोबार गरेको हो ।
भृकुटी सेक्युरिटिज्ले ३५ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार गरेको छ । सो कम्पनीले आज २४ करोड ७९ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने १० करोड ६६ लाख रुपैयाँको सेयर बिक्री गरेको हो ।
त्यसैगरी डाइनामिक मनी म्यनेजर सेक्युरिटिज्ले १३ करोड ९१ लाख रुपैयाँको सेयर खरिद गरेको छ । सो कम्पनीले आज १७ करोड ४७ लाख रुपैयाँको सेयर बिक्री गरेको हो। कम्पनले आज ३१ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार गरेको हो ।
एबीसी सेक्युरिटिज्ले १८ करोड १० लाख रुपैयाँको सेयर खरिद गरेको छ भने १३ करोड १७ लाख रुपैयाँको सेयर बिक्री गरेको छ । बढि सेयर कारोबार गर्ने सो कम्पनीले आज ३१ करोड २७ लाख रुपैयाँको सेयर कारोबार गरेर बढि सेयर कारोबार गर्ने टपटेनमा पर्न सफल भएको छ ।