आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी, बजेट तालिका हेरफेर

काठमाडौं । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी भएको छ। बिहीबार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ (१) अनुसार बिहीबार अध्यादेश जारी गरेका हुन् ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी गर्नको लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । संसद अधिवेशन चालु नरहेको अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्ने व्यवस्था छ ।

अध्यादेशमा जेठ १५ मै बजेट आउने गरि बजेटको कार्यतालिका फेर्ने, फागुनमै संसदमा प्रि बजेट छलफल गर्ने, आर्थिक सर्वेक्षण पेश हुने मिति परिवर्तन गर्ने लगायतका व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स