काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले घटेर १ लाख १७ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ९५० सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १३ सय ९० रूपैयाँ कायम भएको छ ।