काठमाडौं । झापामा बेलुन फुलाउने क्रममा हाइड्रोजन ग्याँसको सिलिन्डर पड्किँदा दुई जना घाइते भएका छन् ।
बिर्तामोड नगरपालिका–७ राधाकृष्ण टोलमा रहेको बेल्स मोडल इङ्लिस बोर्डिङ स्कुलको खेलकुद कार्यक्रमका लागि बेलुन फुलाउने क्रममा हाइड्रोजन ग्याँसको सिलिन्डर पड्किँदा ५४ वर्षका भारतीय नागरिक गणेश सहनी र कक्षा ९ मा अध्यनरत बिर्तामोड–७ बस्ने १५ वर्षीया कुसुम तामाङ घाइते भएका हुन् ।
ग्याँस पड्किँदा सहनीको दाहिने खुट्टाको कम्मर मुनिको भाग चुँडिएकोले उपचारार्थ बीएन्डसी अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ। सिलिन्डर पड्किँदा निस्किएको आवाजले सोही विद्यालयमा तामाङको कानमा समस्या भइ उपचारको लागि अस्पताल भर्ना गरिएको छ।